काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले सरकार र निवेदक दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । मंगलबार मेघराज पोखरेलको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सम्पन्न भएपछि अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिइएको हो । साथै, अदालतले सरकारलाई कारणसहित लिखित जवाफ पेश गर्न समेत निर्देशन…