नयाँदिल्ली । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए । खराब मौसमका कारण जम्मु तवी-दिल्ली एक्सप्रेस, हावडा-दिल्ली डोरोन्थो, हावडा-दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर-दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ-दिल्ली राजधानी एक्सप्रेस र पुरी-दिल्ली एक्सप्रेस ढिला भएका थिए । रेवा-आनन्द विहार टर्मिनल,…