७ आश्विन २०८३, बुधबार | September 23, 2026

नयाँ सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको छ : झलनाथ खनाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकमा नयाँ वाम–लोकतान्त्रिक गठबन्धनको सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको बताएका छन् ।

पार्टी निकट अखिल नेपाल महिला सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले राष्ट्र निर्माणमा बहुसङ्ख्यक जनता कम्युनिष्ट नेतृत्वको पक्षमा रहेको अवस्थामा वाम–लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेको बताए ।

समकालीन राजनीतिक परिस्थितिमा वामपन्थी धु्रवीकरणको सम्भावना बढेको बताउँदै नेता खनालले जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिविम्बित गर्न आफ्नो पार्टी पनि सरकारमा सहभागी भएको स्पष्ट पारे ।

मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिसमेत यो सरकारमा सहभागी रहेका र यसप्रति सकारात्मक भाव देखिएको उनको भनाइ थियो । वाम शक्तिको एकता गर्नुपर्नेमा जोड दिँदै उनले भने, “एक वर्षअघि बनेको गठबन्धनको सरकार टुटेको छ, वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा गठित सरकारलाई पार्टीको तर्फबाट स्वागत र समर्थन गर्दछु ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले संसद्मा कुनै पनि पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनुको आवश्यकता औँल्याउँदै नयाँ गठबन्धनलाई दायाँबायाँ गर्ने छुट नभएको प्रष्ट पारे । उनले विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता तथा राष्ट्रको कुनै पनि आधारभूत समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै वामपन्थी एकताको माग दिनप्रतिदिन बढिरहेको जिकिर गरे।

विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको बताउँदै नेता खनालले भूराजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा तीव्र बनिरहेकाले मुलुकको सर्वोपरी राष्ट्रिय हितलाई ध्यानमा राखेर सन्तुलित विदेश नीति अख्तियार गर्नुपर्ने विचार व्यक्त गरे । सो अवसरमा सङ्गठन सुदृढीकरणमा योगदान गरेका नेतालाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : २४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई