१० पुस २०८२, बिहिबार | December 25, 2025

केपी ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोट पुगेका रास्वपा सभापति लामिछाने र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन नजिकिँदै गरेको अवस्थामा लामिछाने बालकोट पुगेका हुन् ।