१२ श्रावण २०८१, शनिबार | July 27, 2024

यतीको जहाज नेपालगन्जबाट पहिलो पटक ७२ यात्रुलाई जनकपुर घुमाएर नेपालगन्ज आइपुग्यो



नेपालगन्ज । आन्तरिक धार्मिक पर्यटन सहित भारतको अयोध्यालाई जनकपुरसँग जोड्ने उद्देश्यका साथ नेपालगन्जबाट बिश्वभरीका हिन्दुहरुको धार्मिक स्थल जनकपुरधामका लागि पहिलो हवाई उडान भएको छ । धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पहिलो पटक लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेश प्रदेशको राजधानी जनकपुरका लागि हवाई उडान शुरु भएको हो ।

यति एयरलाइन्सले शुरु गरेको पहिलो प्रवर्द्धनात्मक उडान शनिवार दिउँसो नेपालगन्ज विमानस्थलबाट २ बजेर ४० मिनेटमा ७२ जना यात्रु बोकेर जनकपुरका लागि उडेको थियो ।

यति एयरलाइन्स नेपालगञ्जका प्रमुख दिलीप कार्कीका अनुसार जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर सिधा हवाई उडान शुरु गरिएको हो ।

उडानको पहिलो खेपमा ७२ जना यात्रु र एक जना बच्चासहित जहाज जनकपुर पुगेर फर्किएको कार्कीले बताए ।

जनकपुरका लागि गरिएको पहिलो प्रवर्द्धनात्मक उडानमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेश सभाका सदस्य अम्बिका काफ्ले, नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामी, पूर्व अध्यक्षहरू नन्दलाल वैश्य र कृष्णप्रसाद श्रेष्ठसहित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल जनकपुर पुगेर फर्केका छन् ।

उडान शुरु हुनुअघि गरिएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री केसीले यो उडानले देशका दुई ऐतिहासिक धार्मिक सहरबिच सम्बन्ध जोड्नुका साथै आन्तरिक पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने बताइन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलका अनुसार नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाइन्सले प्रबद्र्धनात्मक उडान गरेको हो । बुद्धले पोखराकालागि उडान भरे जस्तै नियमित उडान गर्न एयरलायन्स कम्पनीहरुलाई सिग्देलले आग्रह गरे । ‘उडान तालिकामा नहाले सम्म मुलतः चार्टर उडान नै हुने हो, हामीले नियमित उडान गरिदिन आग्रह गरेका छौं ।’ उनले भने ।

उडानका लागि यति एयरलाइन्सले एकतर्फी भाडा आठ हजार ५०० निर्धारण गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : २२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान