काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न आज बस्ने बैठक स्थगन भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठकको तयारी नपुगेकाले सचिवालय बैठक भोलि बस्ने गरी स्थगित गरिएको हो । उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन…