२५ कार्तिक २०८३, बुधबार | November 12, 2026

हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिएपछि अमेरिकाले मलाइ हटायो’

नयाँदिल्ली। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन् । हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी छन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएको भारतीय सचारमाध्यमले जनाएका छन् । हाल भारतमा शरणार्थी जीवन जिइरहेकी हसिनाले पहिलोपटक मुख…