नेपालगन्ज । चाडपर्व सुरक्षालाई प्रभावकारी बनाउन बाँके प्रहरीले नेपालगन्ज उपमहानगरमा ड्रोन क्यामेराबाट सुरक्षा स्थिति अवलोकन थालेको छ । सुरक्षा संबेनशील क्षेत्रको पहिचान गर्दै त्यस क्षेत्रमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी राखिएको बाँके प्रहरीले जनाएको छ । दसैंलाई लक्षित गरि प्रहरीले शहरको विभिन्न ठाउंको अवलोकन गर्न ड्रोन क्यामेरा प्रयोगमा ल्याएको बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले जानकारी…