२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

एमाले केन्द्रीय कमिटी बैठक : अनुशासन र विधि–पद्धति कडाइका साथ पालना गर्न माग

काठमाडौं । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्यपद्धतिलाई कडाइका साथ पालना तथा माथिल्लो तहबाटै शुद्धीकरण गर्न समूहगत छलफलमा आवाज उठेको छ । बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफलका क्रममा सहभागी केन्द्रीयका सदस्यहरुले मूलतः विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन, कमिटी प्रणालीलाई स्थापित गर्न जोड दिएका हुन्…