बुटवल । रुपन्देहीको बिभिन्न स्थानमा वषौंदेखि बसोबास गर्दै आएका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले नेपालको भूमि व्यवस्थापन अवैज्ञानिक र अव्यावहारिक भएको बताएका छन् । उनीहरुले नेपालको भूस्वामित्व दलालहरुको हातमा रहेको उल्लेख गर्दै जमिन वितरणमा पनि दलाल पुँजीवाद हावी भएको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्र रुपन्देहीको आयोजनामा भूमि सम्बन्धी समस्या र समाधानको बाटो विषयक…