काठमाडौं । काठमाडौंमा जिउँदो सरकारी खसीको मुल्य ६८० रुपैयाँ पर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि थापाथलीवाट बिक्री गरिने खसी, बोका र च्याङ्ग्राको मूल्य सार्वजनिक गरेको हो । सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैँयाका दरले तोकिएको छ । कम्पनीकी सूचना…