काठमाडौं । इन्जिनियरिङ अध्ययन शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले बीई तहको शिक्षण शुल्क वृद्धि गरेको विरोधमा विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसको अगुवाइमा ७ विद्यार्थी संगठनले संयुक्त रुपमा प्रदर्शन गरेका छन् । उनीहरुले पुल्चोकस्थित डिन कार्यालयदेखि माइतीघर मण्डलसम्म प्रर्दशन गरेका…