३१ बैशाख २०८१, सोमबार | May 13, 2024

चार वटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत



काठमाडौं । लगानी बोर्डले चार वटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ५५औं बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि जम्मा ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो।

बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गरेको छ । परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिजन इनर्जी को लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले स्वीकार गरेको छ । यसैगरी, दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय पनि गरेको छ ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा जलविद्युत् परियोजनाको लागत निर्धारण गर्दा ‘ब्यांकेबल’ हुने गरी थप अध्ययन÷विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियालाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिए ।

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १ : ०९ बजे

ग्लोबल आइएमईले प्राप्त गर्यो फाइनान्सको “बेष्ट बैंक अवार्ड”

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

काठमाडौ । माछापुच्छ्रे बैंकले न्यू छस्मार्ट तलव खाता अन्तर्गत दुर्घटनामा

वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

काठमाडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको