बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । अस्पतालले थप सुधार गर्दै गतवर्षभन्दा एक स्थानमाथि उक्लिन सफल भएको हो । प्रदेशका १३ वटा अस्पतालहरु मध्ये लुम्बिनी प्रादेशिकले ७० दशमलव ३६ अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।…