धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको अभिव्यक्ति र अशोभनिय क्रियाकलापको विरुद्धमा पत्रकारहरु मैदानमा उत्रेका छन् । मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिव्यत्ति अशोभनिय भएको भन्दै आन्दोलनमा उत्रेका नेपाल पत्रकार महासङ्घ सुनसरीले आज धरानका पुर्व मेयरहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । सोमबार उनीहरुले मेयर साम्पाङको विरोध स्वरुप मौन जुलुस निकालेका…