काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई दुई महिनामा दुई पटक विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री भन्दै व्यङ्ग्य गरेका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै लिङदेनले प्रधानमन्त्रीले बीचैमा बाटो मोडेकाले आफूहरूलाई त्यो रात गाह्रो भएको बताए । ‘विश्वासको मतबारे जुहारी…