बुटवल । बुटवल उपमहानगरपालिकाले वडा नं. १४ र १५ का सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँचको काम सुरु गरेको छ । मंगलबार नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल र भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाको उपस्थितिमा नापजाँच कार्यको औपचारिक सुरुवात गरिएको हो । नगर प्रमुख पाण्डेयले अब लालपुर्जा वितरण गर्ने उद्देश्यसहित…