काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्षमाथि झापामा सुनियोजित आक्रमण भएको आरोप लगाउँदै प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरुमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् । बैठकको विशेष समयमा बोल्दै पौडेलले १३ वैशाखमा झापमा ओलीसहित सुवास नेम्वाङसहित…