काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन् । नयाँ सरकार निर्माणका लागि सत्ता गठबन्धनमा सहमति जुटाउन खनाल वालुवाटार पुगेका हुन् । वालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल छलफलमा छन् । राष्ट्रपतिले नयाँ सरकार निर्माणको लागि दिएको समयमा आज साँझ ५ बजे सकिँदैछ । गठबन्धनमा…