नयाँ दिल्ली । भारतले त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेको छ । लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने विषयमा नेपालले बुधबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेपछि भारतले विज्ञप्ति जारी गर्दै आफ्नो अडान प्रष्ट पारेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा लिपुलेक व्यापार मार्गबारे भारतको अडान…