काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसद गोपीबहादुर सार्की अछामीले कैदीबन्दीको सङ्ख्याको आधारमा कारागारको व्यवस्था गर्नुपर्ने सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै उनले भने, “देशैभर ७२ जिल्लामा ७५ वटा कारागार रहेका छन् । बन्दीको सङ्ख्याअनुसार कारागार कम छ, यसको सरकारले व्यवस्थापन गर्नुपर्छ ।” उनका अनुसार देशैभरका २२…