नवौँँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ । पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल मैदान व्यवस्थापन गर्नेलगायत काम सम्पन्न भएएको नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए । गए राति अबेरसम्म मैदानको घाँस…