४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

पाल्पामा तिनाउ खोलाले बगाउँदा बालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा तिनाउ खोलाले बगाएर तीन वर्षीय मायुस सारुको मृत्यु भएको छ । आइतबार दिउँसो दिदीसँग नुहाउन खोलामा गएका सारुको तिनाउ खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नुहाउने क्रममा खोलामा बेपत्ता भएका सारुलाई खोजी गर्ने क्रममा १ हजार ५ सय मिटर तल फेला परेका थिए ।…