५ पुस २०८२, शनिबार | December 20, 2025

खहरे खोलाले बाटो कटान गर्दा कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहानबाट कर्णाली राजमार्ग अवरुद्ध भएको हो । बिहान साढे ५ बजे दैलेख आठबिस नगरपालिका-५ मालचौरस्थित कर्णाली राजमार्गमा पर्ने खहरे खोलाले बाटो कटान गर्दा सडक अवरुद्ध भएको प्रहरीले बताएको छ ।