काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय नागेश्वर थारु र लालमोहर यादवले भारतको फ्रेन्चाइज कबड्डी ‘प्रो-कबड्डी’ खेल्ने भएका छन् । प्रतियोगिताको आउँदो सिजनका लागि दुवै खेलाडीले बेंगलुरु बुल्सबाट खेल्ने भएका हुन् । उनीहरूलाई बेंगलुरुले १० लाख भारुमा अनुबन्ध गरेको हो । दुवै नेपाली खेलाडी प्रतियोगिताको अक्सनको ‘सी’ श्रेणीमा थिए । लालले यसअघि पनि बेंगलुरुबाटै प्रतियोगिता…