काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०८१ को मदन पुरस्कारका लागि छनोट भएका श्रेष्ठ पुस्तकहरूको सूची आज सार्वजनिक गरेको छ । गुठीले आज एक विज्ञप्ति जारी गरी पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएकामा त्यसमध्यबाट सात पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा परेका पुस्तकहरुमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो ः कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको…