२८ पुस २०८२, सोमबार | January 12, 2026

काठमाडौंमा सिर्जना सिंहको चुनावी सभा, गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौं ।काठमाडौं महानगरपालिकाकी मेयरकी प्रत्यासी सिर्जना सिंहले चुनावी सभा कार्यक्रम गर्दै छिन् । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएकी सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागेकी हुन् । कार्यक्रममा सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।