१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बागमती र गण्डकीमा बिहानै वर्षा, दिउँसो यी ६ प्रदेशमा वर्षाको आँकलन



काठमाडौं । बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो ।

उपत्यकाको आकाश बदलीले ढाकेकेको छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती, गणडकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि प्रदेश १ , बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र बागमतीका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षा हुने ठानिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ३३ बजे

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।