विराटनगर । भारतले गत साता गहुँको निकासीमा प्रतिबन्ध लगाएपछि यहाँ सञ्चालित ६ मैदा मिल र गहुँजन्य कच्चा पदार्थमा आधारित दर्जनौं उद्योगको उत्पादन प्रभावित हुने भएको छ । स्थानीय गहुँ बजारमा आएकाले अहिले नै समस्या नदेखिए पनि ३ महीनापछि समस्या शुरू हुने उद्योगीहरूले बताएका छन् । स्थानीय उत्पादनले लामो समय नधान्ने भएकाले सरकारले जीटूजीमार्फत भारतबाट गहुँ…