बनियानी । झापाको बिर्तामोड नगरपालिका-४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको छ । बिर्तामोड-४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ । उक्त घरमा दूध व्यवसाय…