नेपालगन्ज । सञ्चालकहरूको आन्तरिक विवादले नेपालगन्जको धम्बोझीस्थित वाटर पार्कमा पर्यटन प्रवर्द्धनका गतिविधि रोकिएका छन् । नेपालगन्ज उपमहानगरपालिका–१ र १८ मा अवस्थित वाटर पार्क सञ्चालनको जिम्मा पाएको बोटे बोरा प्रालिका सञ्चालक बीचको विवादले विगत एक वर्षदेखि वाटर पार्कमा जलयात्रालगायत पर्यटन प्रवर्द्धनका गतिविधि ठप्प छन् । काठमाडौँ महानगरपालिका–२६ निवासी बोटे बोरा प्रालिका सञ्चालकबीचमा नेपालगन्जको वाटरपार्कमा मोटरबोट डुङ्गा…