मुस्ताङ । मुस्ताङबाट यसपालीको दसैँ तिहारमा रु ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसैँमा सात हजार र तिहारका लागि तीन हजारवटा च्याङग्रा निकासी…