काठमाडौं । माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आज संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ । बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बस्ने बैठकबाट पार्टी अध्यक्ष नेपाल दलको नेतामा चयन हुँदैछन् । यही बैठकले दलको प्रमुख सचेतक र सचेतक पनि चयन गर्ने बताइएको छ…