१ कार्तिक २०८३, आइतबार | October 19, 2026

बार अध्यक्षको गम्भीर आरोप – ‘चोलेन्द्र बिचौलियाको नाइके !’



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको ब्यानरमा मंगलबार पनि सर्वोच्च अदालत परिसरमा विरोध र कोणसभा भएको छ ।

प्रधानन्यायाधीशले नियमित पेसी तोकेपछि आक्रोशित कानुन व्यवसायीले धर्ना र कोणसभामा बोल्दै जबराको राजीनामा माग्नेदेखि उनको राजीनामा मागिरहेका सर्वोच्च अदालतका १९ न्यायाधीशसँग राजीनामा माग्नु पर्ने कारणसम्मको माग गरेका छन् ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा विचौलियाको नाइके भएको आरोप लगाए । अध्यक्ष श्रेष्ठले जबरालाई नहटाएसम्म न्यायालयबाट विचौलिया पनि नहट्ने दाबी गरे ।

उनले भने, ‘प्रधानन्यायाधीस न्यायालय बचाउन होइन पद बचाउन लागे । आफू खुसी पेसी तोके । न्यायाधीस र बारको विश्वास जित्न सकेनन् । सेवाग्राही पनि समस्यामा छन् । बिचौलियाबाट पीडित छन् । बिचौलियाको जड, नाइके चोलेन्द्र शमशेर हो । नहटाएसम्म बिचौलिया हट्दैन । सेवाग्राहीलाई पनि केही दिन साथ दिन अनुरोध गर्छु ।’ अध्यक्ष श्रेष्ठले बिहीबारबाट उपत्यकाका सबै अदालतका न्यायाधीसहरूलाई १० बजेदेखि १२ बजेसम्म बेन्चमा नबसिदिन आग्रह गरे ।

उनले उपत्यका बाहिरका बार इकाइले २८, २९, ३० कात्तिकमा कालोपट्टी बाँधेर शान्तिपूर्ण प्रदर्शन गर्न पनि आग्रह गरेका छन् ।
श्रेष्ठले भने, ‘चोलेन्द्रको संरक्षण दलहरूले गर्ने होइन । संविधान र कानुनले गर्ने हो । चोलेन्द्र बचाउने नाममा संविधान र बारलाई कुल्चिनु हुन्छ भने त्यसको परिणाम ठिक हुनेछैन ।’

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सबैको विश्वास टुटिसकेका कारण प्रधानन्यायाधीसले तत्कालै जबराले राजीनामा दिनुपर्ने जिकिर गरे । उनले भने, ‘उहाँ दलको ढोका चहार्नुभयो । हठात् संसद अधिवशन अन्त्य गरियो । कार्यपालिका, व्यवस्थापिका बेखबर छ न्यायपालिकाबारे । उहाँ राजीनामा दिनुहुन्न भने थप कडा आन्दोलन गर्छौं । सर्वोच्चको ढोकाबाट छिर्ने दिइने छैन । यति गर्दा पनि भएन भने संसद अघि सर्नुपर्छ । महाभियोग लागेन भने गणतन्त्र र संविधान गुम्नेछ ।’

काठमाडौं अदालत बारका सचिव दमनबहादुर चन्दले हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेर प्रधानन्यायाधीस जबरा साँढे जसरी हिँडेको आरोप लगाए । ‘आफैँले बनाएको प्रतिवदनमा अटेर गरेर जबरा साँढे जसरी हिँडेपछि हामी आन्दोलनरत छौं’ , उनले भने, ‘आन्दोलन सेवाग्राही र कानुन व्यवसायीको समस्या समाधान गर्न होइन समग्र न्यायको सुधारका लागि हो । बारको आन्दोलनमा हाम्रो सम्पुर्ण साथ छ । जबरालाई पदमा बस्ने नैतिक आधार छैन, राजीनामा दिनुपर्छ ।’

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १ : ०१ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ