कालिकोट । कर्णाली राजमार्गको कालीकोटको शुभकालीका गाउँपालिका-१ कालेखोलामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे कर्णाली राजमार्गको पहिरामा च्यापिएर शुभकालीका गाउँपालिका-१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो । राजमार्गमाथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएको सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु…