नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाहलाई फेरि स्वास्थ्यमा समस्या उत्पन्न भएको छ । केहीदिन अघि मात्रै कोरोना संक्रमणबाट मुक्तभएका गृहमन्त्री शाहलाई स्वासप्रश्वासमा समस्या आएपछि एम्स अस्पतालमा भर्ना गरिएको छ । गत महिना शाहमा कोरोना संक्रण पोजेटिभ देखिएपछि गुरुग्रामस्थित एक निजी अस्पतालमा उपचार गरेका थिए । पछि उनको रिपोर्ट नेगेटिभ आएपछि अस्पतलले डिस्चार्ज गरेको थियो…