११ बैशाख २०८१, मंगलबार | April 23, 2024

सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको शव भेटियो, २४ अझै वेपत्ता



काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको शव फेला परेको छ। पहिरोमा पुरिएर अझै २४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी अनुसार अहिले सम्म ७ जनाको शव फेला परेको छ भने २४ जना अझै बेपत्ता रहेकाछन् । प्रहरीले प्रारम्भिकरुपमा १९ घर पुरिएको आंकलन गरेको छ । पुरिएको घरको संख्या अझै बढ्न सक्ने प्रजिअ ढकालले बताए ।

वर्षा जारी रहेका कारण उद्दार तथा तत्काल राहत पठाउन असहज भएको उनले बताए । सदरमुकाममा हेलिकप्टर र राहत बोक्ने गाडी तयारी अवस्थामा राखेका छौं, प्रजिअ ढकालले भने । २५० परिवारलाई तत्काल उघार गरेर अन्यत्र सार्न आवश्यक रहेको प्रहरीले बताएको पनि ढकालले बताए ।

उद्दारका क्रममा भेटिएको शवको सनाखत हुन सकेको छैन । प्रहरीले उद्दार तथा सनाखतको प्रयास पनि गरिरहेको प्रशासनले जनाएको छ ।

बाह्रबिसे नगरपालिकाको भीरखर्कबाट पहिरो नागपुजे हुँदै भोटेकासीसम्म खसेको प्रहरीले जनाएको छ ।

सभामुख पहिरो स्थलमा :

पहिरो खसेको जानकारी पाउनासाथ सभामुख अग्नी सापकोटा घटनास्थल पुगेका छन् । उनले पहिरो स्थलमै पुगेर स्थानीय तह र प्रहरीको समन्वयमा उद्दार तथा राहतको काममा तिब्रता दिन स्थानीय प्रशासनलाई आग्रह गरे ।

पहिरो खसेको जानकारी पाएलगत्तै उनी बिहान ४ बजे सडक यातायातको माध्यमबाट घटनास्थल हिँडेका थिए । सिन्धुपाल्चोक सभामुख सापकोटाको गृह जिल्ला हो ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १० : ५२ बजे

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ