खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार क्षेत्रमा घरघरबाट फोहर उठाउन सुरु गरेको छ । स्थानीय सुन्दर बिहानी युवा क्लवको हकार्यमा पालिकाले फोहर संकलन अभियान सुरु गरेको हो । आज खजुरा ३ स्थित खजुरा बजारबाट फोहर उठाउने कार्यको शभारम्भ गरिएको छ । फोहर संकलन कार्यक्रमको शुभारम्भ गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक…