काठमाडौं । मंगलबार देशभर १ हजार ६९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । १२ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । थपिएका मध्ये ३४४ जना महिला र ७२५ जना पुरुष रहेका छन् । काठमाडौं उपत्यकामा…