काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद सिटौला नेतृत्वको टोलीले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर दुर्घटना न्यूनीकरण गर्नका लागि आगामी आर्थिक वर्ष २०८२र८३ मा आवश्यक बजेट विनियोजन गर्न माग गरेको हो…