२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बेलायतमा तीन पूर्वगोर्खासहित पाँच नेपालीको मृत्यु

लण्डन । बेलायतमा तीनसाताको अन्तरालमा पाँच जना नेपालीको निधन भएको छ । बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या पाँच पुगेको हो । विगत केही दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए । सेक्युरिटीमा काम गर्दै आएका श्रेष्ठ गत मार्च ३० तारिखसम्म पनि नियमित काममा गइरहेका थिए ।…