१३ असार २०८३, शनिबार | June 27, 2026

सत्तापक्षका सांसदबाट नागरिकता विधेयकको बचाऊ, भन्छन, – नेपाल भारतको छोटे भाइ होइन, आफ्नो निर्णय आफै गर्छ



काठमाडौं । नेपाली पुरुषसँग बिहे गरेर आएका विदेशी महिलालाई सातवर्ष पछि मात्र अंगीकृत नागरिकता दिने विषयको सत्तारुढ दलका सांसदहरुले बचाउ गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बेदुराम भूसालले स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुडभेड गर्नुपर्ने कारण के छ भन्दै प्रश्न गरेका छन् ।

विशेष समयमा बोल्दै सांसद भूषालले सोमबार काँग्रेसका सांसद जितेन्द्र नारायण देवको भनाईको प्रतिवाद गर्दै नेपाल भारतको भाइ नभएको जिकिर गरे । भूसालले नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा भारतसँग कसरी मुठभेड निम्तिन्छ भन्दै प्रश्न गरे ।

उनले भने ‘‘राजनीतिक दुर्घटना निम्त्याउने भनिएको छ, के का लागि दुर्घटना निम्त्याउने ? के भारतसँग जोडिएन नेपाल भनेर ? के भारतको छोटे भाइ भएन नेपाल भनेर ? हामीले हाम्रो आफ्नो स्वतन्त्र कानुन बनाउँदा मुडभेड गर्ने कारण के छ ? नेपालले आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुटभेड निम्तिन्छ भन्ने ?’’

समितिले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान राखेपछि कांग्रेस सांसद देवले नेपाललाई चीनको झोलामा राख्न खोजिएको, साम्प्रदायिक दंगा भड्काउन खोजेको भारतसँगको सम्बन्ध तोड्न खोजेको प्रतिक्रिया दिएका थिए ।

सांसद भूसालले देवको भारतले सात वर्षसम्म बसेपछि मात्रै नागरिकताका लागि आवेदन दिन सक्ने कानून बनाउन हुने त्यही अनुसारको व्यवस्था नेपालमा गर्न खोज्दा भारतसँग सम्बन्ध बिग्रिन्छ भन्ने भन्दै प्रशन गरे ।

अंगीकृत नागरिकता प्राप्त नगर्दा राजनीकि प्राप्त नहुने प्रष्ट पार्दै उनले स्थायी अवासीय अनुमति दिने व्यवस्था गरिएपछि सांस्कृतिक अधिकार सुरक्षित हुने जिकिर गरे । उनले भने, ‘‘सांस्कृतिक आक्रमण भनिएको छ, के भनेको हो ? राजनीतिक अधिकार दिएमात्रै सांस्कृतिक अधिकार प्राप्त हुन्छ भन्न खोजिएको हो ?’’

देवले चीनको झोलामा नेपाललाई राख्न खोजिएको भन्दै दिएको अभिव्यक्तिको पनि भुषाले खण्डन गरे । भारतसँग जस्तै चीनसँग पनि प्राचिन कालदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, ‘‘भारतसँगको सम्बन्ध कट गर्दै चीनको झोलामा जाने भनेर के भन्न खोजिएको हो ? के भारतको झोलामा जान खोजिएको हो त ? नेपाल सधैभरी भारतको चंगुलमा बस्नुपर्छ भन्न खोजिएको हो ? नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा नेपाललाई भारतबाट टाढा बस्न खोजिएको भनिन्छ ? के सधैभरी भारतको चंगुलमा बस्नुपर्छ भनिएको हो । यस्ता अभिव्यक्तिलाई जहिले पनि नेपाललाई भारतको अधिनस्त बनाउने खोजिएको हो किन नभन्ने ?’’

सांसद भुषालले राजनीतिक अभिष्ट पुरा गर्नका लागि निराधार र कपोकल्पित तर्क नगर्न पनि आग्रह गरे । उनले भुटानमा १० वर्ष, श्रीलंकामा ७ वर्ष माल्दिभ्समा १२ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान रहेको समेत स्मरण गराए । नेपालले भारतबाट विवाह गरेर आउने महिलाका लागि मात्रै कानुन नबनाएको उल्लेख गर्दै उनले अन्य मुलुकबाट विवाह गरेर आउने महिलाहरुमा पनि यो कानून आकर्षित हुने बताए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १ : ३० बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को