पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकारलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सरकारले पहल गर्ने बताएका छन् । सामाजिक सुरक्षा कोषको सहकार्यमा नेपाल पत्रकार महासङ्घद्वारा आज पोखरामा आयोजित सामाजिक सुरक्षा कोषमा बृहत् आबद्धतासम्बन्धी पत्रकारसँगको संवाद कार्यशालामा सञ्चारमन्त्री गुरूङले सञ्चार मन्त्रालय मातहतका संस्था र निकायमा क्रमिक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा…