२५ चैत्र २०८२, बुधबार | April 8, 2026

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।