१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

भारतबाट नेपाल भित्रिने यात्रुमा सरुवा रोग देखिए आइसोलेसनमा राख्न प्रदेश स्वास्थ्य सचिवको निर्देशन



नेपालगन्ज । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ र स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले बाँके जिल्लाको जमुनाहा हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीसँग सेवाको अबस्था र प्रभावकारिताको विषयमा छलफल गरेका छन् । अनुगमनका क्रममा नेपाल भारत सीमानाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा पुगेका सचिव श्रेष्ठ र निर्देशक चौधरीले हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीसँग सेवाको अबस्था र प्रभावकारिताको विषयमा छलफल गरेका हुन् ।

स्वास्थ्य सचिव श्रेष्ठले रुपैडिया नाकाबाट नेपाल भित्रिने यात्रीको स्वास्थ्य अबस्था जाँच गरि सरुवा रोग लागेका बिरामीलाई आइसोलेसन र सरुवा रोग लागेका ब्यक्तिको सम्पर्कमा आएका निरोगीलाई क्वारेन्टाइनमा राखी रोग फैलिनबाट रोक्नु पर्ने बताइन् । सरुवा रोग भित्रिनबाट रोक्न हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीले इमानदारीपूर्वक सेवा प्रदान गर्नु पर्ने बताइन् ।

छलफल कार्यक्रममा बोल्दै निर्देशक चौधरीले भारतमा फैलिएको कुनै पनि रोग यात्रुमार्फत नेपाल भित्रिन दिन नहुने बताए ।

२ दिन अगाडि मात्र भारतबाट नेपाल भित्रिएका एकजना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनीमा कुनै लक्षण नदिएको भन्दै हेल्थ डेस्कबाट मास्क दिएर उनलाई घर पठाइएको थियो ।

छलफलमा स्वास्थ्य कार्यालय प्रमुख नरेश बाबू श्रेष्ठ र हेल्थ डेस्कबाट १२ जना स्वास्थ्यकर्मी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १० : १० बजे

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मे

भोटेकोशी-त्रिशूली विपद् समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन

सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

काठमाडौँ । आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा

चार दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको