२९ चैत्र २०८२, आइतबार | April 12, 2026

यार्सा टिप्न गएकी एक महिलाको चट्याङ लागेर मृत्यु

जुम्ला । चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेतिर चट्याङ लागेर यहाँको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए । मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न गएकी थिइन् । पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी…