१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

नारायणी नदीमा फसेका २२ जनाको उद्धार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार गरिएको छ । गिट्टी तथा बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरूको सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको नेतृत्वमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूलाई बोटको सहायताले उद्धार गरेको…