काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् । केहि दिन अघि मिडिया र सामाजिक सञ्जालमा बराल र एक युवकको अश्लिल तस्विर सार्वजनिक भएपछि बरालले पहिलो पटक आफ्नो प्रतिक्रिया दिएकी हुन् । बरालले यस्ता हर्कतहरूका विरुद्ध कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोध गरिसकेको र कानुनी निष्कर्षको प्रतिक्षा…