चितवन । यहाँका स्थानीय तह र सरकारी कार्यालयका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बुधबार आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी सूचना अधिकारीले आफूहरू नै सूचनाको पहुँचभन्दा बाहिर रहनुपरेको बताएका हुन् । भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनुका पण्डितले आफूभन्दा माथिल्लो तहबाट समयमा सूचना प्रवाह नहुँदा सञ्चारकर्मीले सूचना मागेका बेला तत्काल…