२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रदेश मन्त्री चयनका विरुद्ध कांग्रेस लुम्बिनीका सभापति पुनले दिए यथोचित निर्णयमा पुग्ने चेतावनी



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद गठन प्रक्रिया विरुद्ध एमाले प्रदेश संसदीयदलका नेता लिला गिरीको राजीनामा आएसँगै मन्त्री चयन प्रति कांग्रेसमा पनि विरोधका स्वर आउन थालेका छन् । प्रदेशको मुख्यमन्त्री चयनमा संसदीय पद्धती उल्लंघन भएको भन्दै गिरीले राजीनामा दिएसँगै कांग्रेसको प्रदेश सभापति अमरसिंह पुनले पनि प्रदेश समितिसँग समन्वय नै नगरि पार्टी केन्द्रले निरंकुशता लादेको बताएका छन् ।

प्रदेश सभापति पुनले पार्टी सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान (नेपाली कांग्रेसको संशोधित विधान, २०१७ को परिच्छेद ४ दफा १३ को ७(ठ)) अनुसार प्रदेश पार्टीको अन्तरसम्वन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिएको बताएका छन् ।

उनले नेपाली जनतामा सघीयता र प्रदेश संरचनाप्रती वितृष्णा पैदा भैरहेको बेला नेपाली कांग्रेसका आम साथीहरूको भावना विपरित मनत्री चयनमा गरिएको निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेको ध्यानकार्षण पत्रमा उल्लेख गरेका छन् ।

पत्रमा मनत्री चयनको निर्णयलाई पुनर्विचार गर्न नेपाली कांग्रेस केन्द्रीय नेतृत्वलाई आग्रह गर्दै अन्यया वैधानिक प्रकृया बिरुद्ध गरिएको यस कार्यबाट असन्तुष्ट जिल्लाका साथीहरूसँग बृहत् छलफल गरी यथोचित निर्णयमा पुग्न बाध्य हुने चेतावनी समेत पुनले दिएका छन् ।

प्रदेश सरकारमा मन्त्री चयनका लागि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी प्रदेश समितिका पदाधिकारीलाई बेवास्ता गर्दै काठमाडौं गएर मन्त्रीहरुको नाम टुंगो लगाएको प्रदेशका नेताहरुको आरोप छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : १८ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११